Sunday, December 10, 2023
spot_img
Homeकाठमाडौँप्रदूषण परीक्षण पास नगर्ने सवारी साधन चलाउँदा १ लाख जरिवाना

प्रदूषण परीक्षण पास नगर्ने सवारी साधन चलाउँदा १ लाख जरिवाना

काठमाडौं, २२ मंसिर। वन तथा वातावरण विभागले प्रदूषण जाँच गरी मापदण्ड पूरा गरे मात्र सवारी चलाउन सवारी चालकलाई आग्रह गरेको छ। विभागले बिहीबार एक सूचना जारी गर्दै वायु प्रदूषणको मुख्य कारण सवारीसाधनबाट निस्कने धुवाँ र खुला फोहोर फाल्ने गरेको भन्दै प्रदूषण जाँच गरेर मात्र सवारी साधन चलाउन आग्रह गरेको हो।

विभागले आगामी दिनमा सवारी साधनको धुवाँको परीक्षणलाई थप प्रभावकारी बनाउने समेत जनाएको छ। पछिल्लो समय धुवाँ परीक्षणका क्रममा सवारी साधनले मापदण्डभन्दा बढी प्रदूषण गर्ने गरेको पाइएको छ। विभागको प्रदुषण परीक्षणमा उत्तीर्ण नगर्ने सवारी साधन चलाएको पाएमा एक लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी दिएको छ।

कैफियत भेटिएमा वातावरण संरक्षण ऐन–२०७६ को दफा ४१ उपदफा २ अनुसार जरिबाना हुने सूचनामा उल्लेख छ। छड्के जाँचमा प्रदूषण जाँचपासको रुपमा हरियो वा अन्य स्टिकरको अवधि बाँकी रहेको अवस्थामा पनि प्रदूषण जाँच अनुत्तीर्ण हुने गाडीलाई जरिवाना गरिने विभागले चेतावनी दिएको छ।

साथै विभागले कसैले टोल छिमेकमा खुलारुपमा फोहर जलाउने तथा खुलारुपमा फोहर जलाएको पाइएमा गोप्यरुपमा जानकारी दिनसमेत आग्रह गरेको छ। यसरी खुलारुपमा फोहर जलाउनेलाई कारबाही गरिनेसमेत विभागले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको