Sunday, September 24, 2023
spot_img
Homeखेलकुदकोरिया विरुद्ध ब्राजिल र जापान विरुद्ध क्रोएसिया भिड्दै

कोरिया विरुद्ध ब्राजिल र जापान विरुद्ध क्रोएसिया भिड्दै

काठमाडौं, १९ मंसिर। फिफा विश्वकप २०२२ को अन्तिम १६ को खेलमा आज जापान र क्रोएसियाबीचको खेल हुँदैछ।

खेल नेपाली समय अनुसार राति ८ः४५ बजे सुरु हुनेछ।

दोस्रो खेलमा पाँच पटकको विजेता ब्राजिल र एसियाली टोली दक्षिण कोरिया भिड्नेछन्। खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ।

चोटका कारण अघिल्लो खेल गुमाएका ब्राजिलियन फरवार्ड नेइमार आजको खेलमा मैदान फर्कने सम्भावना छ।

समूहको अन्तिम खेलमा पराजित भएको ब्राजिलसँगको कोरियाको खेल हेर्न लायक हुने विश्वास गरिएको छ।

अघिल्लो खेलमा कोरियाले पोर्चुगललाई २–१ ले हराएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको