काठमाडौं, १८ मंसिर। आईसीसी विश्व लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले स्कटल्याण्डलाई १३८ रनको लक्ष्य दिएको छ।
युनाइटेड क्रिकेट क्लब मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४०.१ ओभरमा सबै विकेट गुमाउँदै मात्र १३७ रन बनाएको हो।
नेपालका ५ खेलाडीके दोहोरो अंक जोड्न सफल भएका थिए। गुलसन झाले सर्वाधिक २९ रन बनाए। २९ बल खेलेका झाले १ छक्का र ३ चौका प्रहार गरेका थिए।
स्कटल्याण्डका लागि क्रिस सोलले सर्वाधिक ३ विकेट लिएका थिए। मार्क वाटले २ विकेट लिए। यस्तै ब्रान्डन, सफायान शरीफ, र माइकल लीकले १-१ विकेट लिए।