Friday, March 29, 2024
spot_img
Homeनिर्वाचनरवि लामिछानेको नागरिकता विवाद, प्रहरीद्वारा अनुसन्धान सुरु

रवि लामिछानेको नागरिकता विवाद, प्रहरीद्वारा अनुसन्धान सुरु

काठमाडौं, १६ मंसिर। चितवन–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको नागरिकताको विवादबारे प्रहरीले अनुसन्धान थालेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले पत्राचार गरेपछि प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

‘प्रशासनबाट पत्र आएको छ। अनुसन्धान प्रक्रिया अघि बढेको छ,’ मैनालीले भने।

लामिछानेले अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता त्यागेको र अमेरिकी नागरिकता त्यागे पनि पुरानो नेपाली नागरिकता प्रयोग गरेको आरोप लागेको छ।

लामिछानेले आफ्नो पुरानो नागरिकताको प्रमाणपत्र प्रयोग गरी मंसिर ४ मा भएको निर्वाचनमा उम्मेदवारी दिएका थिए। यस विषयमा उनीविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको थियो। यस विषयमा आयोगले उनीसँग स्पष्टीकरण माग्दा सम्म मतदान भइसकेको थियो । त्यसपछि उनीविरुद्ध गृह मन्त्रालयमा अर्को उजुरी परेको थियो।

गुनासो आएपछि गृह मन्त्रालयले काठमाडौं प्रशासनलाई पत्राचार गरेको थियो। काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले यस विषयमा अनुसन्धान गर्न जिल्ला प्रशासनले जिल्ला प्रहरी परिसरलाई पत्राचार गरेको बताए।

अनुसन्धानमा लामिछानेले विदेशी नागरिकता त्याग्नुअघि नेपाली राहदानी लिएको पाइएमा उनलाई जरिवाना र जेल सजाय हुन सक्नेछ।

गलत सूचना दिएर राहदानी वा ट्राभल परमिट लिने वा लिन खोज्नेलाई पनि कानुनले सजायको व्यवस्था गरेको छ।

राहदानी ऐन २०७६ को दफा २१ (क) अनुसार गलत सूचना दिएर राहदानी लिन पाइँदैन। यदि कसैले त्यसो गरेमा ऐनको दफा २२ बमोजिम दुई लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना वा एकदेखि तीन वर्षसम्म कैद वा दुवै सजाय हुन सक्नेछ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको