Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Saturday, July 18, 2026
spot_img
Homeनिर्वाचनसरकार नेतृत्वको दौडमा कांग्रेस र एमाले

सरकार नेतृत्वको दौडमा कांग्रेस र एमाले

काठमाडौं, १५ मंसिर।  मतगणना सकिएसँगै दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले अर्को सरकार बनाउने प्रयासमा छन्।

२७५ सदस्यीय प्रतिनिधिसभामा नेपाली काँग्रेस नेतृत्वको सत्तारुढ गठबन्धनले १३८ सिटको जादुई अंकको नजिक पुग्ने सम्भावना बढ्दै गएको छ भने एमालेले पनि साना दलको गठबन्धनलाई मिलाएर त्यो अंक प्राप्त गर्न संघर्षरत छ।

निर्वाचन आयोगले आजसम्म १ सय ६२ संसदीय प्रथम–निर्वाचित निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक गरेको छ। कांग्रेसले ५५ र एमाले ४४ सिट जितेको छ। कांग्रेसले समानुपातिक प्रतिनिधित्व प्रणालीमा ३२ र एमाले ३४ सिट जित्ने अनुमान छ।

कांग्रेस नेता विमलेन्द्र निधिले गठबन्धनका साझेदार, नयाँ उदीयमान राजनीतिक शक्ति र स्वतन्त्र सांसदसँग वार्ता सुरु गर्नुअघि कांग्रेसले संसदीय दलको नेता छान्ने बताए।

निधिले संसदीय दलमा देउवाको सहजै बहुमत हुने र कांग्रेस संसदमा सबैभन्दा ठूलो दल भएकाले आगामी सरकारको नेतृत्व देउवाले गर्नु स्वभाविक भएको बताए।

उनले नेकपा–माओवादी र नेकपा (एकीकृत समाजवादी)ले अहिलेको गठबन्धनलाई निरन्तरता दिने पक्षमा रहेको बताए।

निधिले जनता पार्टीका अध्यक्ष सिके राउतसँग वार्ता गरी केन्द्र र मधेसमा सरकार गठनका लागि समर्थन मागेका थिए। निधिले राउतबाट सकारात्मक प्रतिक्रिया पाएको बताए।

नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले आफ्नो पार्टीले सरकार गठनका लागि पहल गर्ने र नेकपा (एकीकृत समाजवादी) लगायतका दलसँग पनि वार्ता गर्ने बताए।

उनले भने, एमालेभन्दा कांग्रेसले सिट बढी जितेको भए पनि समानुपातिक भोट प्रतिशतमा हामी अगाडि छौं, जुन पार्टीको लोकप्रियताको मापन हो।

नेकपा–माओवादीका एक वरिष्ठ नेताले नेपाली काँग्रेसको नेतृत्वमा अहिलेको लोकतान्त्रिक–वाम गठबन्धनले निरन्तरता पाउनु स्वभाविक भएको बताए। यद्यपी आफ्नो पार्टीले सरकार गठनबारे निर्णय नगरेको नेताले बताए।

नेकपा–माओवादीका नेता लीलामणि पोखरेलले वाम गठबन्धनले मात्रै संविधानले परिकल्पना गरेको समाजवादको लक्ष्य हासिल गर्न सक्ने तर नेकपा–एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक प्रतिनिधिसभा विघटन गरेको गल्ती स्वीकार नगरे त्यस्तो गठबन्धन हुन नसक्ने बताए।

उनले सत्तारुढ गठबन्धनले फेरि सरकार चलाउन सक्ने एजेण्डाबारे आफ्नो पार्टीले छलफल गर्नुपर्ने बताए। ‘वर्तमान गठबन्धनलाई अक्षुण्ण राख्न नयाँ सरकारले जनताका समस्या समाधानका लागि के गर्ने, सरकारले रोजगारीका अवसरहरू कसरी सिर्जना गर्ने, भारतसँगको असमान सन्धिका मुद्दालाई सरकारले कसरी सम्बोधन गर्ने भन्ने विषयमा नेताहरूले छलफल गर्नुपर्छ,’ उनले भने।

नेकपा (एकीकृत समाजवादी)का प्रवक्ता जगन्नाथ खतिवडाले सत्तारुढ गठबन्धन आजसम्म कायम रहेको बताए।

उनले भने, ‘वर्तमान गठबन्धन कायम रहन्छ कि हुँदैन भन्ने कुरा कांग्रेसको व्यवहारमा भर पर्छ। खतिवडाले आफ्नो पार्टी मतगणना टुंगिने प्रतिक्षामा रहेको बताए। आफ्नो पार्टीले नेकपा (एमाले)सँग हात मिलाउने कुरा सोच्न सक्छ भन्ने प्रश्नमा खतिवडाले भने, ‘एमालेबाट निमन्त्रणाको अपेक्षा छैन, तर उनीहरुले हामीसँग हातेमालो गरेमा सोच्नेछौँ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको