Sunday, December 10, 2023
spot_img
Homeखेलकुदमेस्सीले पेनाल्टी मिस गरे पनि अर्जेन्टिना पोल्याण्डलाई पराजित गर्दै अन्तिम १६ मा...

मेस्सीले पेनाल्टी मिस गरे पनि अर्जेन्टिना पोल्याण्डलाई पराजित गर्दै अन्तिम १६ मा प्रवेश

काठमाडौं, १५ मंसिर। अर्जेन्टिना फिफा विश्वकप २०२२ को अन्तिम १६ मा प्रवेश गरेको छ। समूह सी जितेर अन्तिम १६ मा पुगेको अर्जेन्टिनाले आफ्नो अन्तिम समूहको खेलमा पोल्याण्डलाई २-० ले पराजित गरेको छ।

अर्जेन्टिनाले दुवै गोल दोस्रो हाफमा गरेको थियो। खेलको ४६ औं मिनेटमा अर्जेन्टिनाले गोल गर्दै अग्रता लिएको थियो। मोलिनाको पासमा अलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए।

६७ मिनेटमा अर्जेन्टिनाले अग्रता दोब्बर बनाएको थियो। फर्नान्डेजको पासमा अल्भारेजले बक्स भित्रबाट गोल गरेपछि अर्जेन्टिना २–० ले अघि बढेको थियो।

त्यसअघि पहिलो हाफमा अर्जेन्टिनाले अग्रता लिने अवसर गुमाएको थियो। ३९ मिनेटमा प्राप्त पेनाल्टीमा अर्जेन्टिनाका कप्तान लिओनल मेसी गोल गर्न चुकेका थिए। उनको पेनाल्टी प्रहारलाई पोल्यानडका गोलकिपर बोइसिक स्टेन्स्नीले विफल पारिदिएका थिए।

पोलिस गोलकिपरले मेसीमाथि फल गरेपछि भारमार्फत पेनाल्टी प्रदान गरिएको थियो। 

अर्जेन्टिना पहिलो खेलमा साउदी अरेबियासँग पराजित भएको थियो भने अघिल्लो खेलमा मेक्सिकोलाई हराएको थियो। अर्जेन्टिनाले समूहमा लगातार दुई जित हात पार्दै ६ अंक जोडेको छ।

अर्कोतर्फ, पराजयका बाबजुद पोल्याण्ड समूहको उपविजेता बनेको छ र अन्तिम १६ मा पुगेको छ। पोल्याण्डले मेक्सिकोलाई गोल अन्तरमा पराजित गर्दै अन्तिम १६ मा पुगेको छ।

यसअघि एक खेलमा जित र एकमा बराबरी खेलेको पोल्याण्ड र मेक्सिकोको समान ४–४ को बराबरी थियो।

पहिलो खेलमा पोल्याण्ड र मेक्सिकोले गोलरहित बराबरी खेलेका थिए। यस्तै दुवै टिम अर्जेन्टिनासँग पराजित हुँदा साउदीलाई हराएका थिए।

मेक्सिकोले आज साउदीलाई २-१ ले हराए पनि एक गोल गोल खानु नै दुर्भाग्य सावित बन्यो। त्यहीँ एक गोलले मेक्सिको पोल्यान्डसँग गोलअन्तरमा पछि पार्‍यो।

अब अन्तिम १६ मा अर्जेन्टिनाले अस्ट्रेलिया तथा पोल्यान्डले फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछन्। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको