Tuesday, March 19, 2024
spot_img
Homeखेलकुदअर्जेन्टिना सहित आज ८ टिम समूह चरणको निर्णायक खेल खेल्दै

अर्जेन्टिना सहित आज ८ टिम समूह चरणको निर्णायक खेल खेल्दै

काठमाडौं, १४ मंसिर। फिफा विश्वकप २०२२ अन्तर्गत आज समूह ‘सी’ र समूह ‘डी’ का निर्णायक तथा अन्तिम खेल हुँदैछन्।

समूह ‘सी’ मा साउदी अरेबियाविरुद्ध मेक्सिको तथा पोल्याण्डविरुद्ध अर्जेन्टिना भिड्दैछन्। समूहमा पोल्याण्ड ४ अंक जोडेर शीर्ष स्थानमा छ भने दोस्रो स्थानको अर्जेन्टिना र तेस्रो स्थानको साउदीको ३-३ अंक छ। पुछारको मेक्सिकोको १ अंक छ।

यस समूहको साउदी अरेबिया भर्सेस मेक्सिको र पोल्याण्ड भर्सेस अर्जेन्टिनाको खेल राति १२ बजेर ४५ मिनेटमा हुदैछ।

यता समूह ‘डी’ मा फ्रान्सविरुद्ध ट्युनिसिया तथा अस्ट्रेलियाविरुद्ध डेनमार्कबीच खेल हुँदैछ। लगातार दुई जित निकालेर ६ अंक जोडेको फ्रान्स अन्तिम १६ मा पुगिसकेको छ। समूहमा अस्ट्रेलिया ३ अंकसहित दोस्रो स्थानमा छ भने तेस्रो स्थानको डेनमार्क र पुछारको ट्युनिसियाको १-१ अंक छ।

साथै यस समूहको ट्युनिसिया भर्सेस फ्रान्स र अस्ट्रेलिया भर्सेस डेनमार्कको खेल राति ८ बजेर ४५ मिनेटमा हुदैछ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको