Monday, December 11, 2023
spot_img
Homeखेलकुदफर्नान्डेजको दोहोरो गोलमा पोर्चुगल विश्वकपको अन्तिम १६ मा

फर्नान्डेजको दोहोरो गोलमा पोर्चुगल विश्वकपको अन्तिम १६ मा

काठमाडौं, १३ मंसिर। फिफा विश्वकप २०२२ मा पोर्चुगल अन्तिम १६ मा पुगेको छ।

समूह ‘एच’को आफ्नो दोस्रो खेलमा पोर्चुगलले उरुग्वेलाई २–० ले हराएको हो।

यसअघि घानालाई हराएको पोर्चुगल लगातार दोस्रो जित निकाल्दै अन्तिम १६ मा पुगेको हो।

दोस्रो हाफमा ब्रुनो फर्नान्डेजको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल सोमबार फ्रान्स र ब्राजिलसंगै विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ।

उनले खेलको ५४ मिनेटमा गुइरेरोको पासमा पहिलो गोल गरेका थिए। दोस्रो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा पेनाल्टीमार्फत उनले पोर्चुगलको अग्रता दोब्बर पारेका थिए।

जिमिनेजले डिबक्सभित्र ह्यान्ड गरेपछि पोर्चुगललाई दिइएको पेनाल्टीलाई फर्नान्डेजले सदुपयोग गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको