Sunday, December 10, 2023
spot_img
Homeखेलकुदसर्बिया र क्यामरुन बीचको खेलमा ३-३ को बराबरी

सर्बिया र क्यामरुन बीचको खेलमा ३-३ को बराबरी

काठमाडौं, १२ मंसिर। कतारमा जारी फिफा विश्वकपमा समूह जी को सर्बिया र क्यामरुनले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

समूहमा आफ्नो पहिलो खेल हारेका दुवै टोलीका लागि यो बराबरीले नकआउट प्रवेश लक्ष्यमा घाटा हुन सक्छ।

अल जानोव स्टेडियममा दुवै टोलीले आफ्नो अग्रता कायम राख्न सकेनन्। २९ औं मिनेटमा जेन क्यास्टेलेटोले गोल गरेपछि क्यामरुनले अग्रता लिएको थियो। तर, पहिलो हाफको इन्जुरी टाइममा सर्भियाले दुई मिनेटमै दुई गोल गर्दै खेलमा फर्कियो।

इन्जुरी समयको पहिलो मिनेटमा दुसान ताडिकको पासमा स्टारिन्जा पाभलोभिचले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। त्यसको दुई मिनेटपछि मिलन्कोभिच सेभिचले अर्को गोल गरेपछि पहिलो हाफमा सर्बियाले २–१ को अग्रता लिएको थियो।

दोस्रो हाफमा थप तीन गोल भयो । ५३औं मिनेटमा अलेक्जान्दर मिट्रोभिचले गोल गरेपछि सर्बियाले ३–१ को अग्रता लिएको थियो ।

तर, ६६ औं मिनेटमा क्यामरुनले तीन मिनेटमा दुई गोल गर्दै खेल बराबरीमा ल्याएको थियो। खेलको ६३औं मिनेटमा भिन्सेन्ट अबुवाकर र ६६औँ मिनेटमा चुपो मोटिङले गोल गरेका थिए ।

यो बराबरीसँगै दुवै टोलीले समूहमा अंकको खाता खोलेका छन् । तर, दुई खेलमा १ अंक जोडेका यी टोलीका लागि नकआउट चरणको यात्रा निकै कठिन हुन सक्छ ।

पहिलो खेल जित्ने दुई टोली ब्राजिल र स्वीट्जरल्याण्ड आज राति खेल्नेछन् । क्यामरुन र सर्बियालाई अर्को चरणमा पुग्नको लागि अन्तिम समूह खेल जित्नु पर्याप्त छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको