Tuesday, March 19, 2024
spot_img
Homeखेलकुदविश्वकप फुटबल: आज स्विट्जल्यान्ड र ब्राजिल सहित चार खेल हुँदै

विश्वकप फुटबल: आज स्विट्जल्यान्ड र ब्राजिल सहित चार खेल हुँदै

काठमाडौं, १२ मंसिर। फिफा विश्वकप २०२२ अन्तर्गत आज समूहमा दोस्रो चरणका अन्तिम खेल हुँदैछन्। समूह ‘जी’ मा ब्राजिल र स्विट्जरल्यान्ड तथा क्यामरुन र सर्वियाबीच भिडन्त हुँदैछ।

क्यामरुन र सर्बियाबीच दिउँसो ३ः४५ बजे खेल हुनेछ भने ब्राजिल र स्विट्जरल्याण्डबीच राति ९ः४५ बजे खेल हुनेछ। समूहको पहिलो खेलमा ब्राजिल र स्वीट्जरल्याण्ड विजयी भएका थिए।

त्यसैले दुवै टोली आजको खेल जितेर अन्तिम १६ मा पुग्ने योजनामा ​​छन्। पहिलो खेलमा पराजित भएको सर्बिया र क्यामरुन अन्तिम १६ मा पुग्नका लागि आजको खेल महत्वपूर्ण छ।

त्यसैगरी समूह ‘एच’ मा आज दक्षिण कोरिया र घानाबीच साँझ ६ बजेर ४५ मिनेटमा पोर्चुगल र उरुग्वेबीचको खेल दिउँसो १२ बजेर ४५ मिनेटमा हुनेछ।

पोर्चुगलले पहिलो खेलमा घानालाई हराएको थियो भने दक्षिण कोरिया र उरुग्वेले बराबरी खेल्दै अंक बाँडेका थिए। आजको जितले पोर्चुगल अन्तिम १६ मा प्रवेश गर्नेछ। बाँकी टोलीका लागि अन्तिम १६ मा पुग्न आजको खेल महत्वपूर्ण छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको