काठमाडौं, १२ मंसिर। नेपालले आइतबार ओमिक्रोन उप-विकरण बि.एम.१.१.३ को संक्रमण पुष्टि गरेको छ।
विज्ञहरू भन्छन् बि.एम.१.१.३ अत्यधिक प्रसारण योग्य ओमिक्रोनको उप-विकरण बिए.२ को अर्को वंशज हो।
धुलिखेल अस्पतालका अनुसार हालै ९ जनामा कोरोना संक्रमितको स्वाबको नमूना संकलन परिक्षण गर्दा स्वाबमा बी.एम. १.१.३, बीए २.७५.१, बीए २.७५.२ र बिए २.७५.३ भेटिएको हो।
“संक्रमित व्यक्तिको सबै स्वाबको नमूनामा भाइरसको ओमिक्रोन भेरियन्टका केही उप-विकरणहरू भेटिएका छन्,” धुलिखेल अस्पतालका सरुवा रोग विशेषज्ञ डा. राजीव श्रेष्ठले बताए।
“यसको अर्थ कोभिड-१९ को ओमिक्रोन संस्करण समुदायहरूमा निरन्तर रूपमा फैलिरहेको छ। भाइरसको नयाँ उप-विकरण पत्ता लगाउनुको अर्थ यो हो कि भाइरस फैलिरहेको मात्र होइन, निरन्तर उत्परिवर्तन पनि भइरहेको छ।”
नेपालको सबै कुनामा विश्वमा फैलिएको कोभिड-१९ को लगभग सबै प्रकार र उप-विकरणहरू फेला पारेको रिपोर्ट गरेको छ।
आइतबार नेपालमा चार जनामा कोरोना संक्रमण देखिएको छ।
पोजिटिभ केसको संख्या शनिबार मात्र एक थियो।
तर, स्वास्थ्य मन्त्रालयले दिएको पोजेटिभ सङ्क्रमितको सङ्ख्या यथार्थ र वास्तविकताको नजिक नभएको चिकित्सकहरू बताउँछन्।