Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeनिर्वाचनदोलखाका १० मतदान केन्द्रमा पुनः मतदान हुने

दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान हुने

काठमाडौं, १२ मंसिर। निर्वाचन आयोगले मंसिर १५ गते दोलखा जिल्लाका १० मतदान केन्द्रमा पुनः मतदान गर्ने निर्णय गरेको छ। ७ बुथ कब्जा र तीन बुथबाट १ सय मतपत्र लुटिएकाले ती मतदान केन्द्रमा स्वतन्त्र र निष्पक्ष रुपमा निर्वाचन हुन नसकेको भन्दै पुनः मतदान गर्ने निर्णय गरेको हो।

गाउँपालिकाको वडा नं ६ को बैतेश्वर माविको मतदान केन्द्रको क, ख र ग मतदान केन्द्रमा पुनः मतदान हुनेछ । बैतेश्वर गाउँपालिका वडा नं २ को जनज्योति मावि, पुतलीकाठ मतदान केन्द्रको क र ख मतदान केन्द्र; र तामाकोशी गाउँपालिका वडा नं ३ मा रहेको जाफे मतदान केन्द्रको क र ख मतदान केन्द्रमा ती बुथ कब्जा गरिएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

आयोगले दश मतदान केन्द्रमा पुनः मतदान गर्न आवश्यक पहल गर्न निर्वाचन कार्यालय दोलखालाई निर्देशन दिएको छ।

साथै १० वटा बुथमा पुनः मतदानका लागि आवश्यक सुरक्षा व्यवस्था गर्न गृह मन्त्रालयलाई आग्रह गरेको छ।

आयोगले दोलखाका आफ्ना कर्मचारीहरूलाई १० बुथका सबै मतपत्र रद्द गरी सुरक्षित हिरासतमा राख्न आग्रह गरेको छ।

निर्वाचनको दिन निर्वाचन आचारसंहिता उल्लंघन गर्ने सबैलाई पक्राउ गर्न दोलखा जिल्ला प्रहरीलाई निर्देशन दिएको छ। निर्वाचनको पवित्रता कायम गर्न नसकेको भन्दै १० मतदान केन्द्रमा खटिएका सरकारी कर्मचारीलाई दण्डनीय कारबाही गर्ने निर्णय पनि आयोगले गरेको छ।

नेकपा एमालेका नेताहरुले सत्तारुढ गठबन्धनले सात मतदान केन्द्रमा बुथ कब्जा गरेको आरोप लगाएका छन्।

आयोगले आफ्नो टोलीले छानबिन गरेपछि १० बुथमा पुनः मतदान गर्ने निर्णय गरेको हो।

दोलखामा एउटा मात्र संसदीय निर्वाचन क्षेत्र छ।

दोलखाबाट सत्तारुढ गठबन्धनको साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी गंगा कार्की छिन्। त्यहाँ एमालेले बालकृष्ण शिवाकोटीलाई उम्मेदवार बनाएको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको