काठमाडौं, ११ मंसिर। प्रतिनिधिसभाको मतगणना अन्तिम चरणमा पुगेसँगै नेपाली कांग्रेसले प्रतिनिधिसभाको सिट तालिकामा आफ्नो अग्रता कायम राखेको छ।
आइतबार साँझ ५:०० बजेसम्म १६५ निर्वाचन क्षेत्रमध्ये १५६ वटाको अन्तिम नतिजा सार्वजनिक भएपछि कांग्रेसले ५३ सिट जितेको छ।
१७ सिटमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी हुदैं तेश्रो, एमाले ४१ सिट जितेर दोस्रो स्थानमा छ। नेकपा (एकीकृत समाजवादी) १० सिट जितेर चौथो स्थानमा छ।
राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले सात–सात सिट जितेका छन्। जनता समाजवादी पार्टीका उम्मेदवारले ६ वटा र पाँच निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारले आफ्नो सिट बुक गरेका छन्।
लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले क्रमशः चार र तीन प्रतिनिधिसभा सिट जितेका छन्।
त्यसैगरी मजदुर किसान पार्टी, जनता पार्टी र राष्ट्रिय जनमोर्चाले एक–एक सिट जितेका छन्।
यो लेख्दासम्म तीन स्थानमा कांग्रेस, दुईमा एमाले र एउटामा जनता समाजवादी पार्टीले अग्रता लिएको छ। दोलखा, स्याङ्जा–२ र बाजुरामा मतगणना सुरु हुन बाँकी छ।