काठमाडौं, १० मंसिर। जारी फिफा विश्वकप २०२२ मा अस्ट्रेलियाले ट्यूनिशियाविरुद्धको खेलमा १-० को जित निकालेको छ।
अस्ट्रेलियाले २३ मिनेटमा गोल गर्दै ट्यूनिशियाविरुद्ध पहिलो हाफमा १-० को अग्रता राखेको थियो। दोश्रो हाफको निर्धारित समयमा कुनै टोलि बाट गोल नभएपछी अस्ट्रेलियाले जित हात पार्दै विश्वकपको नकआउट चरणमा पुग्ने आफ्नो आशा जीवित राखेको छ।

अस्ट्रेलियाका लागि मिचेल ड्यूकले गोल हानेका थिए।
यस्तै सोहि समूह चरणको अर्को खेल आज ९ बजेर ४५ मिनेटमा फ्रान्स र डेन्मार्क बीच रङ्गशाला ९७४ हुदैछ।
समूह चरण ‘सी’ को पोल्यान्ड र साउदी अरब बीच एडूकेशन सिटी रङ्गशालामा नेपाली समय अनुसार ६ बजेर ४५ मिनेटमा हुदैछ।
सोहि समूह चरणको अर्को खेल आज राति आर्जेन्टिना र मेक्सिको बीच लुसैल रङ्गशालामा नेपाली समय अनुसार १२ बजेर ४५ मिनेटमा हुदैछ।