Monday, December 11, 2023
spot_img
Homeखेलकुदएम्बोलोले स्विट्जरल्यान्डलाई क्यामरुनमाथि सहज जित दिलाए

एम्बोलोले स्विट्जरल्यान्डलाई क्यामरुनमाथि सहज जित दिलाए

काठमाडौं, ८ मंसिर फिफा विश्वकप २०२२ को समूह चरण ‘जी’ को प्रतिस्पर्धात्मक खेलमा क्यामरून बिरुद्ध स्विट्जरल्यान्डले १-० को सहज जित निकालेको छ।

अल बैत रङ्गशाला नेपाली समय अनुसार ३ बजेर ४५ मिनेटमा भएको खेलमा स्विट्जरल्यान्डले ४८ सौ मिनेटमा अग्रता लिएको थियो।

स्विट्जरल्यान्डलाई जित दिलाउन ब्रेल एम्बोलोले दोश्रो हल्फ सुरु भएको ३ मिनेटमै गोल गरेका थिए।

यो जित सँगै स्विट्जरल्यान्ड ३ अंक सहित पहिलो स्थानमा छ भने क्यामरून बिना कुनै अंक पुछारमा छ।

यस्तै सोहि समूह चरणको अर्को खेल आज रति १२ बजेर ४५ मिनेटमा ब्रजिल र सर्बिया बीच लुसैल रङ्गशालामा हुदैछ।

समूह चरण ‘इ’ को पहिलो खेल युरुग्वे र दक्षिण कोरिया बीच एडूकेशन सिटी रङ्गशालामा नेपाली समय अनुसार ६ बजेर ४५ मिनेटमा हुदैछ।

सोहि समूह चरणको अर्को खेल आज राति पोर्चुगल र घाना बीच रङ्गशाला ९७४ मा नेपाली समय अनुसार ९ बजेर ४५ हुदैछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको