काठमाडौं, ७ मंसिर। फिफा विश्वकप २०२२ को समूह चरण ‘एफ’ को मोरक्को र क्रोएशिया बीच अल बैत रङ्गशाला नेपाली समय अनुसार ३ बजेर ४५ मिनेटमा भएको खेल गोलरहित बराबरीमा टुंगिएको छ।


योसँगै दुवै टोलीले एक–एक अंक बाँडेका छन्।
सोहि समूह चरणको अर्को खेल आज रति १२ बजेर ४५ मिनेटमा बेल्जियम र क्यानडा बीच अहमद बिन अलि रङ्गशालामा हुदैछ।
यस्तै आज समूह चरण ‘इ’ को पहिलो खेल जापान र जर्मनी बीच खलिफा अन्तर्राष्ट्रिय रङ्गशाला नेपाली समय अनुसार ६ बजेर ४५ मिनेटमा हुदैछ।
सोहि समूह चरणको अर्को खेल आज राति स्पेन र कोस्टा रिका बीच अल थुमामा रङ्गशालामा नेपाली समय अनुसार ९ बजेर ४५ हुदैछ।