काठमाडौं, ५ मंसिर। विश्वकपको २२ औं संस्करण कतारमा नोभेम्बर २० बाट सुरु भएको छ। हिजो अल बैत रङ्गशालामा भएको विश्वकपको उद्घाटन खेलमा इक्वेडरले आयोजक राष्ट्र कतारलाई २–० ले पराजित गर्दै इतिहास रच्यो।
आज समूह चरण ‘ए’ को अर्को खेल सेनेगल र नेदरल्यान्ड्स बीच अल थुमामा रङ्गशालामा नेपाली समय अनुसार ९ बजेर ४५ मिनेटमा भिडन्त हुदैछ। यस्तै समूह चरण ‘बि’ को इङ्ग्ल्यान्ड र इरान बीच खलिफा अन्तर्राष्ट्रिय रङ्गशालामा नेपाली समय अनुसार ६ बजेर ४५ मिनेटमा भिडन्त हुदैछ।
समय अनुसार भोलि बिहान १२ बजेर ४५ मिनेटमा समूह चरण ‘बि’ को अर्को खेल अमेरिका (यूएसए) र वेल्स बीच अहमद बिन अलि रङ्गशालामा हुदैछ।