Friday, March 31, 2023
spot_img
Homeखेलकुदक्रिकेटसन्दीपको ठाउँमा नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ कप्तान को?

सन्दीपको ठाउँमा नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ कप्तान को?

काठमाडौं, २५ कार्तिक। नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ कप्तानको टुंगो शुक्रबार हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)का कार्यकारी सचिव प्रशान्तविक्रम मल्लले साँझसम्म नयाँ कप्तानको टुंगो लाग्ने बताए।

नेपालले युएईसँगको सिरिज खेल्नुअघि नयाँ कप्तानको निर्णय हुने भएको छ। मल्लका अनुसार शुक्रबार छनोट समितिको बैठक बस्दैछ । ‘साँझसम्म नयाँ कप्तानको नाम आउँछ,’ उनले भने।

क्यानले तत्कालीन कप्तान सन्दीप लामिछानेलाई बलात्कारको आरोपमा निलम्बन गरेपछि उक्त पद रिक्त छ। सन्दीप हिरासतमा रहेका छन्।

सन्दीप गत पुषमा नेपाली क्रिकेट टोलीको कप्तान बनेका थिए। तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ललाई अनुशासनात्मक कारबाहीसहित पदबाट हटाएर सन्दीपलाई जिम्मेवारी दिइएको थियो।

त्यतिबेला दीपेन्द्रसिंह ऐरीलाई पनि उपकप्तानबाट हटाइएको थियो। ऐरीको स्थानमा रोहित पौडेललाई उपकप्तानको जिम्मेवारी दिइएको छ । पछिल्लो राष्ट्रिय टोलीमा दीपेन्द्र, ज्ञानेन्द्र र रोहित तीनै थिए।

स्रोतका अनुसार यी मध्ये एक जनालाई कप्तानको जिम्मेवारी दिइनेछ। कार्यकारी सचिव मल्लले कप्तानको नियुक्ति पछिसम्मलाई हेरेर गरिने बताए। उनले भने, ‘वर्तमान कप्तान युएईविरुद्धको खेलका लागि मात्र होइन।

काठमाडौंमा अहिले एकदिवसीय प्रधानमन्त्री कप क्रिकेट चलिरहेको छ । क्यानका अनुसार युएईको टोली नेपालसँग खेल्न शनिबार नेपाल आइपुग्ने छ। नेपाल र यूएईबीच कात्तिक २८, ३० र मंसिर २ गते तीनवटा एकदिवसीय खेल हुँदैछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको