Wednesday, March 22, 2023
spot_img
Homeनिर्वाचनसंविधानका लागि गठबन्धन: शेखर कोइराला

संविधानका लागि गठबन्धन: शेखर कोइराला

काठमाडौं, १६ कार्तिक। नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नं ६ बाट प्रतिनिधिसभाका उम्मेदवार डा शेखर कोइरालाले संविधानको रक्षाका लागि सत्तारुढ दलको गठबन्धनले चुनाव जित्नुपर्ने बताउनुभएको छ।

विराटनगरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले मुलुकमा लोकतन्त्र सुदृढ, भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनाका लागि गठबन्धनको जित आवश्यक रहेकोमा जोड दिए।

राष्ट्र निर्माणका लागि सभ्य समाज निर्माणका लागि शिक्षा अत्यावश्यक रहेको बताउँदै उनले कांग्रेसको उच्च प्राथमिकता रहेको बताउँदै विकासका कामलाई तीव्रता दिने र कुप्रथा हटाउन पार्टीले आफ्नो क्षमता प्रमाणित गर्ने र नयाँ सरकार नेतृत्व गर्ने अवसर पाउने दाबी गरे।

आगामी कार्यकालमा जनताको सेवा गर्न पाएमा गरिब, महिला र जेष्ठ नागरिकको पक्षमा उभिने उनले वाचा गरे।

राष्ट्रियसभा सदस्य तथा नेकपा (माओवादी केन्द्र)का नेता गोपी अछामीले देशलाई विकास र समृद्धिको बाटोमा लैजान गठबन्धनका उम्मेदवारको सफलता आवश्यक रहेको बताए।

विराटनगर ६ (ख) का प्रदेश निर्वाचनका उम्मेदवार केदार कार्कीले निर्वाचनमा गठबन्धनको जित आवश्यक रहेको बताउनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको