Tuesday, May 30, 2023
spot_img
Homeखेलकुदक्रिकेटनामिबिया द्वारा एसिया कप विजेता श्रीलंका पराजित

नामिबिया द्वारा एसिया कप विजेता श्रीलंका पराजित

काठमाडौं, ३० असोज। एसिया कप विजेता श्रीलंका विश्वकपमा एसोसिएट राष्ट्र नामिबियासँग स्तब्ध भएको छ। अष्ट्रेलियामा जारी टी–२० विश्वकप २०२२ को उद्घाटन खेलमा आइतबार श्रीलंका नामिबियासँग ५५ रनले पराजित भएको हो।

विश्वकपको उद्घाटन खेलमा पहिले ब्याटिङ गर्दै नामिबियाले २० ओभरमा ७ विकेट खर्चेर १६३ रन बनाएको थियो।

नामिबियाका लागि ओपनर यान फ्रायलिङ्क र जेजे स्मितले महत्वपूर्ण पारि खेलेका थिए। यान फ्रायलिङ्कले सर्वाधिक ४४ रन बनाएका थिए। यस्तै जेजे स्मितले १६ बलमा ३१ रन बनाएका थिए। स्टेफन बर्डले २६ रन बनाउँदा यान निकोल र कप्तान एरार्ड इरास्मसले २०-२० रन बनाए। यान फ्रायलिङ्क प्लेयर अफ द म्याच भए।

१६४ रनको लक्ष्य पछ्याएको श्रीलंका १९ ओभरमा अलआउट हुँदै १०८ रनमा समेटियो। श्रीलंकाका लागि दासुन सानाकाले सर्वाधिक २९ रन बनाए। यस्तै भानुका राजपाक्षेले २० रन बनाउँदा धनन्जयले १२ र महेश तेक्षेणाले ११ रन बनाए। बाँकी कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

श्रीलंकालाई सस्तोमा रोक्न नामिबियाका डेभिड वाइज, बर्नार्ड स्कोल्ट्ज, बेन शिकागो र जान फ्राइलिङ्कले समान २–२ विकेट लिए। जेजे स्मितले १ विकेट हात परे।

श्रीलंकाका लागि प्रमोद मधुशानले २ तथा महेश तेक्षाना, दुसमान्था चमेरा, चमिका करूणारत्ने र वाइन्डु हसरंगाले १-१ विकेट लिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको