काठमाडौं, २८ असोज। निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ।
निर्वाचन कार्यतालिका अनुसार आयोगले मंसिर ४ गते हुने निर्वाचनमा भाग लिन विभिन्न राजनीतिक दल वा स्वतन्त्र उम्मेदवारको अन्तिम नामावली बुधबार सार्वजनिक गरेको छ।
आयोगले राजनीतिक दल र उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन चाहेमा बुधबार दिउँसोसम्मको समय दिएको थियो।
प्रतिनिधिसभा निर्वाचनबाट ११९ र प्रदेशसभा निर्वाचनबाट २५७ जना गरी जम्मा ३ सय ७६ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।
प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको नामावली: