Wednesday, March 22, 2023
spot_img
Homeसमाचारचराहरूमा पाइने न्यूक्यासल रोगविरुद्धको नयाँ नेपाली खोपलाई स्वीकृत

चराहरूमा पाइने न्यूक्यासल रोगविरुद्धको नयाँ नेपाली खोपलाई स्वीकृत

काठमाडौं, २६ असोज। औषधि प्रशासन विभागले नेपाली निजी कम्पनीले बनाएको रानीखेत (न्यूक्यासल) भाइरसविरुद्धको खोप स्वीकृत गरेको छ।

राष्ट्रिय औषधि नियामक निकायबाट खोप स्वीकृत भएसँगै खोप उत्पादक कम्पनी बायोभ्याक नेपालले चाँडोभन्दा चाँडो उत्पादन बजारमा ल्याउने बताएको छ।

सेन्टर फर मोलेक्युलर डाइनामिक्स नेपाल र बायोभ्याक नेपालका अध्यक्ष डा दिवेश कर्माचार्यले भने, “हामी छिट्टै यो खोप बजारमा ल्याउने छौँ। “हामी घरेलु बजारको लागि खोपको पर्याप्त डोज उत्पादन गर्न सक्छौं र यसलाई निर्यात पनि गर्नेछौं।”

रानीखेत वा न्यूकासल रोग प्यारामिक्सोभाइरसको कारणले हुने चराहरूको अत्यधिक संक्रामक रोग हो, जसले घरेलु कुखुरा सहित सबै उमेरका चराहरूलाई असर गर्छ।

विश्व पशु स्वास्थ्य संगठनका अनुसार अत्यधिक रोगजनक रोग बर्ड फ्लू भनेर चिनिने एभियन इन्फ्लुएन्जासँग मिल्दोजुल्दो छ। यो रोग धेरै संक्रामक भएकाले कुनै खास क्षेत्रको बगालमा धेरै छिटो फैलिन्छ। पशु चिकित्सा विज्ञहरूका अनुसार भ्याक्सिन नपाएका चराहरूको मृत्युदर शतप्रतिशतसम्म पुग्न सक्छ र चराहरू रोगको कुनै क्लिनिकल लक्षण नदेखिनै मर्न सक्छन्।

यस रोगको क्लिनिकल लक्षणहरूमा खोकी लाग्नु, हांफ्नु, हाछ्युँ गर्नु, पखाला लाग्नु, पेटेचिया (छाला मुनि रगत बग्ने सानो दाग), र घाँटी मुर्छा हुनु आदि पर्दछन्।

यो भाइरसले सामान्यतया मानिसलाई असर गर्दैन, तर संक्रमित चराहरूसँग प्रत्यक्ष सम्पर्कमा रहेका मानिसहरूलाई धेरै छोटो अवधिकोलागि आँखाको संक्रमण हुन सक्छ, जुन बिना उपचार निको हुन्छ।

खोप निर्माताले भने कि खोप तरल र ट्याब्लेट दुवै प्रकारमा उपलब्ध हुनेछ र यसलाई पानीमा मिसाएर वा आँखामा थोपा हालेर मौखिक रूपमा प्रयोग गर्न सकिन्छ। यो खोप माइनस २० डिग्री सेल्सियसमा एक वर्षसम्म भण्डारण गर्न सकिन्छ। ट्याब्लेट स्तिथतिमा रहेको खोप कोठाको तापक्रममा ३० दिनसम्म भण्डारण गर्न सकिन्छ।

“भ्याक्सिनको प्रत्येक डोजको मूल्य एक रुपैयाँभन्दा कम छ,” कर्माचार्यले भने। “पोल्ट्री कृषकहरूले हाम्रो उत्पादनबाट लाभ उठाउनेछन्, जुन उच्च गुणस्तरको छ र धेरै उचित मूल्यमा उपलब्ध हुनेछ।”

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको पशु सेवा विभागले पनि रानीखेतका लागि खोप उत्पादन गरे पनि माग पूरा गर्न सकेको छैन। नेपालले वर्षेनी रु ३० देखि ४० करोडको रानीखेत खोप आयात गर्ने गरेको अनुमान छ।

‘राष्ट्रिय रोग नियन्त्रण कार्यक्रम अन्तर्गत हामीले निशुल्क खोप दिन्छौं,’ विभागका महानिर्देशक डा सम्झनाकुमारी काफ्लेले बताइन्। “हामी पोल्ट्री कृषकहरूलाई नाममात्र मूल्यमा खोप बेच्दछौं।”

अर्को निजी कम्पनी हेस्टर बायोसाइन्सेस नेपाल प्रालिले पनि रानीखेतका लागि भ्याक्सिनलगायत विभिन्न किसिमका पशु तथा कुखुराको खोप उत्पादन गरी विदेशमा निर्यात गर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको