काठमाडौं, २५ असोज। गोदावरी नगरपालिकामा ज्वरो आएका ४५० जनामध्ये १ सय ३२ जनामा डेङ्गु पोजेटिभ देखिएको छ।
नगरपालिकाका प्रमुख जनस्वास्थ्य अधिकृत लालबहादुर थापाले नगरपालिकाको ३, ११, १२ र १४ का वार्डहरूमा डेंगुका बिरामी बढी भेटिएको बताए।
रेडक्रसका स्वयंसेवक, जनप्रतिनिधि, वडा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, विद्यालय र बुद्धिजीवीले रोग विरुद्ध जनचेतना जगाउन र समुदायमा सरसफाईका कामहरु गर्दै पम्प्लेट वितरण गर्दै आएका छन्।
यस रोगबाट बच्न सावधानी अपनाउन नगरपालिकाले आग्रह गरेको छ। साथै, नगरपालिकाले पारासिटामोल ट्याब्लेटको पर्याप्त स्टक रहेको जनाएको छ।
राष्ट्रिय समाचार समिति बाट साभार।