Tuesday, March 19, 2024
spot_img
Homeसमाचारआज महाअष्टमी पर्व मनाइँदै

आज महाअष्टमी पर्व मनाइँदै

काठमाडौं, १७ असोज। दस दिन लामो बडादसैँको आठौं दिन आज देशभरी हिन्दू धर्मावलम्बीले दुर्गा भवानीको पूजा–आराधना गरी महाअष्टमी पर्वका रूपमा मनाउँदैछन्।

महा–अष्टमी अर्थात् नवरात्रिको आठौँ दिन, नवरात्रिभरि माता दुर्गाका ९ वटा रूपहरू शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डका, स्कन्द माता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धि दात्रीको पूजा–अर्चना गरिन्छ। आजको दिन दुर्गाको आठौँ स्वरूप महागौरीको विधि विधान अनुसार पूजा अनुष्ठान गर्ने गरिन्छ।

यस दिन मानिसहरूले महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गर्छन्। दशैं पर्वको यो दिनलाई देवी दुर्गाले शक्ति प्राप्त गरेको दिन विशेष मानिन्छ।

दशैंको अवसरमा मानिसहरूले दशैं घर र शस्त्रागारमा धार्मिक अनुष्ठान गर्नुका साथै विभिन्न तीर्थस्थलमा विभिन्न जनावरको बलि चढाएर देवीको पूजा आराधना गर्ने गर्दछन्। मानिसहरूले दुर्गा सप्तशती ग्रन्थ पनि पढ्छन्।

त्यसैगरी आज देशभरका विभिन्न देवी मन्दिरमा पूजाआजा, बोका र भाले बलि दिन मानिसको भीड लागेको छ।

दसैं घरहरूमा विशेष दुर्गापूजा पूजा र प्रार्थना समारोहहरू गरिन्छ। मानिसहरूले हतियार, सवारी साधन र मेसिनको पनि पूजा गर्छन्।

पशुबलि नदिने मानिसहरूले पशुको सट्टा विभिन्न तरकारी र फलफूलको बलि चढाउँछन्।

यसै दिन राजधानीको हनुमानढोकास्थित दशैंघरमा मध्यरातमा कालरात्रिको विशेष पूजा गरिन्छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको