काठमाडौं, १३ असोज। २०७९ सालको बडा दशैं, शुभ दिपावली, छठ पर्व, तथा नेपाल सम्वत् ११४३ को उपलक्ष्यमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम तथा गत निर्वाचन मा काठमाडौ क्षेत्र नं 1 (ख )प्रदेश मा विवेकशिल साझा बाट उमेदवार हुनु भएका पुरुषोत्तम ढुगेललाई कांग्रेस नेता प्रकाश मान सिंहले नेपाली कांग्रेस पार्टी प्रबेश गराएका छन् ।
कांग्रेस प्रवेश गरेका ढुंगेल २०३६ सालपछि लगातार दुई कार्यकाल नेपाल विद्यार्थी संघ, धनुषाका जिल्ला सभापति थिए। धनुषाबाट काठमाडौं आएपछि २०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागिता जनाएका उनी २०६२/६३ सालको जनआन्दोलनताका वडा नम्बर ३४ (हाल ३१) मा नेपाली कांग्रेसको जनआन्दोलन परिचालन कमिटीका संयोजक थिए। पछि कांग्रेस त्यागी उनी विवेकशील साझा प्रवेश गरेर प्रदेश उम्मेदवार बनेका थिए। अहिले विवेकशील साझा छिन्नभिन्न भएसँगै उनी पुरानै पार्टीमा प्रवेश गरेका हुन्।
काठमाडौं क्षेत्र नम्बर १ प्रकाशमान निर्वाचित हुँदै आएको क्षेत्र हो। गत निर्वाचनमा यस क्षेत्रमा विवेकशील साझाबाट रवीन्द्र मिश्र प्रकाशमानका प्रत्यासी थिए। मिश्र बुधवारमात्र राप्रपा प्रवेश गरेका छन् भने शुक्रवार बानेश्वर बङ्क्वेटबाट उम्मेदवारी घोषणा गर्दैछन्। विवेकशील साझाले क्षेत्र १ को कमा समीक्षा बास्कोटालाई उम्मेदवार बनाएको थियो। उनी हाल यस पार्टीकी अध्यक्ष हुन्।