Friday, March 31, 2023
spot_img
Homeफिचर्डटुकुचा खोला कब्जामा लिँदा सिद्धार्थ र लक्ष्मी बैंकको करोडौंको सम्पत्ति जोखिममा

टुकुचा खोला कब्जामा लिँदा सिद्धार्थ र लक्ष्मी बैंकको करोडौंको सम्पत्ति जोखिममा

काठमाडौं, २ असोज। नारायणहिटीस्थित जयनेपाल सिनेमा घर परिसरमुनी इच्छुमती नदी (टुकुचा नदी) फेला परेपछि खोला मिचेर निर्माण गरिएका दुई ठूला वाणिज्य बैंकको भौतिक संरचनासँगै करोडौं रुपैयाँको लगानी जोखिममा परेको छ।

गुगल म्यापका आधारमा टुकुचा नदीको बहाव हेर्दा हात्तीसारको सडक किनारमा रहेको लक्ष्मी बैंक र सिद्धार्थ बैंकको कर्पोरेट कार्यालयले टुकुचा खोलाको क्षेत्र मिचेर निर्माण गरिएको हो।

अधिकार सम्पन्न वाग्मती सभ्यता विकास समितिको सेप्टेम्बर २०२० मा तयार गरिएको साइट अध्ययन प्रतिवेदनमा समेटिएका तस्विर र नक्सामा लक्ष्मी बैंक, सिद्धार्थ बैंक, एसबिआई क्यापिटल, जनरल इन्स्योरेन्स, गल्फ एयर र सन नेपाल लाइफ इन्स्योरेन्सको प्रधान कार्यालय खोला माथिको जग्गामा निर्माण गरिएको उल्लेख छ।

गुडविल फाइनान्सको केही भाग पनि खोला मिचिएको छ। यसअघि ईसेवा नेपालको प्रधान कार्यालय रहेको हात्तीसारको भवन पनि खोलाको जग्गा मिचेर बनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको