Friday, March 31, 2023
spot_img
Homeसमाचारअछाममा पहिरोमा परी १७ जनाको मृत्यु, ६ बेपत्ता

अछाममा पहिरोमा परी १७ जनाको मृत्यु, ६ बेपत्ता

काठमाडौं, १ असोज। अछामका विभिन्न स्थानमा शुक्रबार पहिरोमा परी १७ जनाको मृत्यु भएको छ। शनिबार दिउँसो १ बजेसम्म ६ जना बेपत्ता भएका छन्।

अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालका अनुसार तुर्माखण्ड गाउँपालिकाको पहिरोमा परी चार जनाको शव फेला परेको छ भने पाँच जना अझै बेपत्ता छन्।

यस्तै ढकारी गाउँपालिकाको ढुंगाचलनामा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। प्राकृतिक प्रकोपमा एक जना अझै बेपत्ता र पाँच जना घाइते भएको रिजालले जानकारी दिए।

रिजालका अनुसार कमलबजार नगरपालिकाको डुंगलामा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

यस्तै, कमलबजार नगरपालिकाको हातीबाँझामा पहिरोमा परी सात जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

तीन दिनदेखि परेको अविरल वर्षाका कारण अछाममा विद्युत र सडक सेवा अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ।

घाइतेहरुको हेलिकप्टरबाट उपचारका लागि उद्धार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको