Saturday, September 23, 2023
spot_img
Homeमनोरन्जनफिल्मी समाचारचलचित्र ‘के घर के डेरा’को टिजर सार्वजनिक

चलचित्र ‘के घर के डेरा’को टिजर सार्वजनिक

काठमाडौं, ३० भदौ। चलचित्र ‘के घर के डेरा’को टिजर सार्वजनिक भएको छ । टिजर हेर्दा चलचित्रको कथा दयाहाङ राई, विपिन कार्की, बर्षा राउत, सुरक्षा पन्त वरिपरी घुमेको छ जहाँ कथाले काठमाण्डूमा घर हुनुपर्ने बाध्यता दर्साउछ । सिंगे लामाको कथा रहेको चलचित्रको कथा एंव पटकथा महेश दवाडीको रहेको छ ‘के घर के डेरा’ कात्तिक ४ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्मलाई दिपेन्द्र के.खनाल निर्देशन गरेका हुन।फिल्ममा दयाहाङ राई, सुरक्षा पन्त र आयुशीका अलावा लक्ष्मी गिरी, विपिन कार्की, वर्षा राउत, रविन्द्र झा, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी, कोशिस क्षेत्रीलगायतका कलाकारहरुको अभिनय छ ।


सिंगे लामाको कथा छ । दिर्घ गुरुङको छायांकन रहेको फिल्ममा शंकर थापा स्माइल र कोशिस क्षेत्रीको संगीत तथा दिर्घ खड्काको सम्पादन छ । ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् । फिल्मको निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन रहेका छ्न।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको