काठमाडौं, २९ भदौ। साफ यू–१७ च्याम्पियनसिपमा नेपाल फेरी उपविजेता बनेको छ।
बुधबार श्रीलंकामा भएको फाइनल खेलमा नेपाललाई ४–० ले हराउँदै भारतले उपाधि जितेको हो।
भारतका लागि बबी सिंहले १८ मिनेटमा, कोरोउ सिंहले ३० मिनेटमा, गुइटेले ६३ मिनेटमा र अमनले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका थिए।
यसअघि समूह चरणमा नेपाल र भारत भिडेका थिए। उक्त खेलमा नेपालले भारतलाई ३–१ ले हराएको थियो।
साफ च्याम्पियनसिपको फाइनलमा नेपाल पराजित भएको यो चौथो पटक हो।
सन् २०१३ को फाइनलमा भारतले नेपाललाई १–० ले हराएको थियो । नेपाल सन् २०१७ र २०१९ को फाइनलमा पनि पुगेको थियो। तर दुवैमा भारतसँग पराजित हुँदा उपाधि विमुख भएको थियो।
सन् २०१९ को फाइनलमा नेपाल भारतसँग ७ गोलले पराजित भएको थियो।