Friday, March 29, 2024
spot_img
Homeसमाचारपछिल्लो २४ घण्टामा २ सय ३० जनामा ​​संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा २ सय ३० जनामा ​​संक्रमण पुष्टि

काठमाडौं, २२ भदौ। पछिल्लो २४ घण्टामा ७८ जाना डिस्चार्ज र २ सय ३० जनामा ​​संक्रमण पुष्टि भएसँगै नेपालमा राष्ट्रिय सक्रिय कोभिड–१९ सङ्क्रमितको संख्या २ हजार ५ सय ०५ पुगेको छ।

स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ३६ जानालाई परीक्षण गरिएको थियो जसमा १ हजार ९ सय ५६ पीसीआर परीक्षणमा १ सय २८ जाना र १ हजार ८ सय ८० एन्टिजेन परीक्षणमा १ सय २ जानामा गरि कुल ​२ सय ३० जनामा ​​कोरोना पोजेटिभ देखिएको हो।

कोभिड-१९ का कारण आज दुए जानले ज्यान गुमाउनु परेको हो। कोभिड-१९ बिरुद्धको पछिल्लो २४ घण्टाको खोप विवरण अनुसार २ लाख ६५ हजार २ सय ०६ जानाले खोप लगाएका छन्।

स्वास्थ्य मन्त्रालयले दिएको हिजोको २४ घण्टाको तथ्याङ्क अनुसार २४ घण्टामा ४ हजार ५ सय ९० जानालाई परीक्षण गरिएको थियो जसमा १ हजार ९ सय ८१ पीसीआर परीक्षणमा १ सय ७७ जाना र २ हजार ६ सय ०९ एन्टिजेन परीक्षणमा १ सय २३ जानामा गरि कुल ​३ सय जनामा ​​कोरोना पोजेटिभ देखिएको थियो।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको