काठमाडौं, १७ भदौ। पछिल्लो २४ घण्टामा ३ सय ९८ जाना डिस्चार्ज र २ सय ०६ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा राष्ट्रिय सक्रिय कोभिड–१९ सङ्क्रमितको संख्या २ हजार ८ सय ९१ पुगेको छ।
स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा २ हजार ८ सय ६९ जानालाई परीक्षण गरिएको थियो जसमा १ हजार ५ सय ९५ पीसीआर परीक्षणमा १ सय ३४ जाना र १ हजार २ सय ७४ एन्टिजेन परीक्षणमा ७२ जानामा गरि कुल २ सय ०६ जनामा कोरोना पोजेटिभ देखिएको हो।
कोभिड-१९ का कारण आज तिन जानले ज्यान गुमाउनु परेको छ। कोभिड-१९ बिरुद्धको पछिल्लो २४ घण्टाको खोप विवरण अनुसार ९८ हजार ४ सय ४० जानाले खोप लगाएका छन्।
स्वास्थ्य मन्त्रालयले दिएको हिजोको २४ घण्टाको तथ्याङ्क अनुसार २४ घण्टामा ३ हजार ५ सय ५७ जानालाई परीक्षण गरिएको थियो जसमा १ हजार ७ सय ३२ पीसीआर परीक्षणमा १ सय ८० जाना र १ हजार ८ सय २५ एन्टिजेन परीक्षणमा ८९ जानामा गरि कुल २ सय ६९ जनामा कोरोना पोजेटिभ देखिएको थियो।