काठमाडौं, १५ भदौ। आज बुधबार शेयर बजार घटेको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज १.१० प्रतिशत घटेर १९७३.३८ बिन्दुमा बन्द भएको हो।
हिजो ०.१२ प्रतिशत बढेर १९९५.३५ बिन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज २७.९७ अंकले घटेको हो।
२९ लाख भन्दा बढी कित्ता शेयर खरिदबिक्री भएको आज २ सय २४ स्टकको २९ हजार ५ सय ८४ पटक कारोबार भएको छ भने कुल रकम १ अर्ब १२ करोड ६२ लाख १७ हजार ८ सय ६१ रुपैयाँ ९८ पैसा बारबारको कारोबार भएको छ।
हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको (प्रवर्द्धक शेयर) को शेयरमूल्य सकारात्मक सर्किट लेवलमा कारोबार भएको हो भने हिमालयन पावर पार्टनर लिमिटेडको शेयरमूल्य सर्वाधिक ६.८६ प्रतिशतले घटेको हो।
१.२९ प्रतिशतले घटेको नेपाल दूरसंचार कम्पनी लिमिटेड, कारोबार रकमका आधारमा आज शीर्ष स्थानमा रहेको छ र १० करोड ७४ लाख ७९ हजार ९ सय ८८ रुपैयाँ ३० पैसा बारबरको शेयर खरिदबिक्री भएको छ।