Friday, March 29, 2024
spot_img
Homeसमाचारविदेशमा रहेका नेपालीलाई मतदान गर्ने अधिकारको माग

विदेशमा रहेका नेपालीलाई मतदान गर्ने अधिकारको माग

काठमाडौं, १४ भदौ। मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मताधिकार सुनिश्चित गर्न सांसदहरुले माग गरेका छन्।

प्रतिनिधिसभाको बैठकको शून्य बैठकमा आफ्नो विचार व्यक्त गर्दै दुर्गाकुमारी विश्वकर्माले भनिन्, ‘निर्वाचनका बेला विदेशमा रहेका योग्य मतदाताको मतदानको अधिकार सरकारले सुनिश्चित गर्नुपर्छ। उनले सबै योग्य मतदाताले निर्वाध रुपमा मतदान गर्न सक्ने वातावरण सरकारले बनाउनुपर्नेमा जोड दिएकि हुन्।

डिला संग्रौला पन्तले प्रत्यक्ष निर्वाचनमा महिलाले प्रतिस्पर्धा गर्न सक्ने भएकाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा राजनीतिक दलले टिकट सुनिश्चित गर्नुपर्ने बताइन्।

पार्वतीकुमारी विशंखेले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पूर्ण समानुपातिक प्रणाली लागू गर्न माग गरिन्।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको