Thursday, March 23, 2023
spot_img
Homeसमाचारदेशभर हर्षोल्लासका साथ तीज मनाइँदै...

देशभर हर्षोल्लासका साथ तीज मनाइँदै…

काठमाडौं, १४ भदौ। हिन्दु नारीहरुको प्रमुख चाड तीज आज मंगलबार मनाइँदैछ। यो पर्व भदौ शुक्ल तृतियाको दिन पर्छ।

परम्परागत रूपमा, आजको दिन महिलाहरू निराहार र निर्जला व्रत बस्छन् र भगवान शिव र पार्वतीको पूजा गर्दछन। पति अनि परिवारको रक्षार्थ आज व्रत बसेका नारीहरूको वैवाहिक सद्भाव र सौभाग्य सदासर्वदा भरिभराऊ रहने जन विश्वास छ। तीजको अघिल्लो दिन महिलाहरू ठाउँठाउँमा भेला हुन्छन् र विभिन्न स्वादका परिकारहरू खान्छन् जसलाई ‘दर’ पनि भनिन्छ।

तीज पर्व मनाउने परम्परा हिन्दू पौराणिक कथाबाट सुरु भएको मानिन्छ। हिन्दू पौराणिक कथा अनुसार देवी पार्वतीले कठोर व्रत गरेपछि भगवान शिवसँग विवाह गर्ने इच्छा पूरा भएको थियो।

अविवाहित महिलाले शिवजस्तो योग्य वर पाउन भगवान शिवको व्रत बस्छन् भने विवाहित महिलाले पारिवारिक सुख र दाम्पत्य जीवनमा सफलताको लागि व्रत बस्छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको