Monday, December 11, 2023
spot_img
Homeविजनेसविश्व बैंकले नेपाललाई १० करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण दिने

विश्व बैंकले नेपाललाई १० करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण दिने

काठमाडौं, १ भदौ। नेपाल सरकार र विश्व बैंकबीच सोमबार १० करोड अमेरिकी डलर (करिब १३ अर्ब रुपैयाँ)को सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ।

विश्व बैंकका अनुसार प्रस्तावित ऋण सम्झौताको उद्देश्य नेपाललाई हरित, जलवायु दिगो र समावेशी विकास (ग्रिड) तर्फ अघि बढ्न मद्दत गर्नु रहेको छ। यो ग्रिड अन्तर्गत तीन समन्वयित ऋण श्रृंखला मध्ये पहिलो हो।

नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयअन्तर्गतको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका सहसचिव ईश्वरीप्रसाद अर्यालले हस्ताक्षर गरेकका थिए भने माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंककी सञ्चालन प्रबन्धक लाडा स्ट्रेलकोभाले हस्ताक्षर गरेका थिए।

स्ट्रेलकोभाले ग्रिड कार्यक्रम मार्फत पानी, भू-उपयोग, जलवायु, स्मार्ट कृषि, दिगो वन व्यवस्थापन, शहरी फोहोर र प्रदूषण जस्ता क्षेत्रमा सरकारको प्राथमिकताका नीति कार्यलाई सहयोग गरिरहेको बताइन्।

विश्व बैंकका अनुसार सञ्चालनको यो पहिलो चरणमा प्राकृतिक पूँजीको दिगो र उत्पादनशील प्रयोग, थप प्रभावकारी र स्वच्छ उत्पादन, उपभोग र यातायातको प्रवर्द्धन समावेश छ।

यस कार्यक्रमले ग्रिड अन्तर्गत रणनीतिक परिवर्तनका लागि नेपाल सरकारले अपनाएका नीतिगत कार्यहरूलाई समर्थन गर्दछ। कार्यक्रमले नेपालको अर्थतन्त्रलाई हरित बनाउन र सामुदायिक वन, कृषि, स्वच्छ हावा र फोहोरमैला व्यवस्थापन जस्ता क्षेत्रमा रोजगारी सिर्जना गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको