Friday, March 29, 2024
spot_img
Homeविजनेसझिनो अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौं, १ भदौ। नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज ०.१९ प्रतिशत बढेर १९९३.०२ बिन्दुमा बन्द भएको हो।

हिजो १.६५ प्रतिशत घटेर १९८९.२७ बिन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज ३.७६ अंकले बढेको हो।

३४ लाख भन्दा बढी कित्ता शेयर खरिदबिक्री भएको आज २ सय २२ स्टकको २६ हजार ४६ पटक कारोबार भएको छ भने कुल रकम १ अर्ब २६ करोड ६६ लाख १९ हजार १ सय ५० रुपैयाँ ४१ पैसा बारबारको कारोबार भएको छ।

वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक ७.४८ प्रतिशतले बढेको हो भने रु रु जलविद्युत परियोजना लिमिटेडको शेयरमूल्य सर्वाधिक ५.७० प्रतिशतले घटेको हो।

एक प्रतिशतले बढेको नेपाल दूरसंचार कम्पनी लिमिटेड, कारोबार रकमका आधारमा आज शीर्ष स्थानमा रहेको छ र ११ करोड २५ लाख ७६ हजार ७ सय ७८ रुपैयाँ ६० पैसा बारबरको शेयर खरिदबिक्री भएको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको