Friday, April 19, 2024
spot_img
Homeसमाचारकोभिड–१९ सङ्क्रमितको संख्या घट्दै...

कोभिड–१९ सङ्क्रमितको संख्या घट्दै…

काठमाडौं, १३ भदौ। पछिल्लो २४ घण्टामा २ सय २३ जाना डिस्चार्ज र २ सय २६ जनामा ​​संक्रमण पुष्टि भएसँगै नेपालमा राष्ट्रिय सक्रिय कोभिड–१९ सङ्क्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ।

स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ११ जानालाई परीक्षण गरिएको थियो जसमा १ हजार ५ सय २५ पीसीआर परीक्षणमा १ सय ४५ जाना र २ हजार ४ सय ८६ एन्टिजेन परीक्षणमा ८१ जानामा गरि कुल ​२ सय २६ जनामा ​​कोरोना पोजेटिभ देखिएको हो।

कोभिड-१९ का कारण आज कसैले ज्यान गुमाउनु परेको छैन। कोभिड-१९ बिरुद्धको खोप पछिल्लो २४ घण्टामा १ लाख ३२ हजार २ सय ९४ जानाले लगाएका छन्।

स्वास्थ्य मन्त्रालयले दिएको हिजोको २४ घण्टाको तथ्याङ्क अनुसार २४ घण्टामा ३ हजार ८ सय ३३ जानालाई परीक्षण गरिएको थियो जसमा २ हजार ६४ पीसीआर परीक्षणमा १ सय ६४ जाना र १ हजार ७ सय ६९ एन्टिजेन परीक्षणमा ३८ जानामा गरि कुल ​२ सय ०२ जनामा ​​कोरोना पोजेटिभ देखिएको थियो।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको