Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, August 25, 2026
spot_img
Homeखेलकुदक्रिकेटसिरिजको तेस्रो टी–२० मा नेपालले केन्यालाई हरायो

सिरिजको तेस्रो टी–२० मा नेपालले केन्यालाई हरायो

काठमाडौं, १२ भदौ। नेपाल र केन्याबीचको पाँच खेलको टी–२० सिरिजको तेस्रो खेलमा नेपालले केन्यालाई ४ विकेटले पराजित गरेको छ।

आइतबार भएको खेलमा केन्यालाई पराजित गर्दै नेपालले सिरिजमा २–१ को अग्रता बनाएको छ। यसअघि पहिलो टी–२० नेपालले र दोस्रो टी–२० खेल केन्याले जितेको थियो।

केन्याले दिएको १५७ रनको लक्ष्य नेपालले तीन बल खेल्न बाँकी रहँदै ६ विकेटको क्षतिमा पार गरेको थियो।

नेपालका लागि पुर्ब कप्तान ज्ञानेन्द्र मल्लले ४१ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ४६ रन जोडे।

यसअघि ओपनर पवन सर्राफले १२ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २० रन बनाएका थिए। डेब्यु खेलाडी अर्जुन साउदले ३१ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ३५ रन जोडे।

दीपेन्द्रसिंह ऐरे ६ रन बनाएर आउट भए भने रोहित पौडेलले १८ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २९ रन जोडे।

त्यस्तै आदिल अन्सारीले उत्कृष्ट प्रदर्शन गरेका छन्। उनले ७ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १६ रन बनाए । विजयी बाउन्ड्री प्रहार गर्ने आरिफ शेखले नटआउट ४ रन जोडे।

बलिङमा केन्याका विराज पटेल र ओचिङले २–२ विकेट लिए। तेस्तै नेपालको बलिङमा सोमपाल कामी र आदिल अन्सारीले २–२ विकेट लिए।

पहिलो खेलमा नेपाल ५ विकेटले विजयी भएको थियो। दोस्रो खेलमा केन्या विजयी भएको थियो। दोस्रो खेलमा नेपालले खराब ब्याटिङका ​​कारण हार बेहोरेको थियो। १३३ रनको लक्ष्य पछ्याएको नेपाल ११४ रनमा अलआउट भयो । टी–२० वरीयताका लागि महत्वपूर्ण मानिएको सिरिजमा पराजयसँगै नेपालले घाटा बेहोर्नु पर्ने देखिएको छ।

६ दिनसम्म पाँचवटा टी–२० खेल खेल्न लागेको नेपालले भोलि चौथो र पाँचौं खेल पर्सी खेल्नेछ।

तीन एकदिवसीय खेलमा नेपालले पहिलो खेल भदौ १७ मा, दोस्रो खेल भदौ १८ र तेस्रो तथा अन्तिम खेल भदौ २० मा खेल्नेछ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको