Monday, December 11, 2023
spot_img
Homeविजनेस‘डबल डिजिट’ले घटेको नेप्से दुई हजार बिन्दु मुनि झर्दा कारोबार रकम भने...

‘डबल डिजिट’ले घटेको नेप्से दुई हजार बिन्दु मुनि झर्दा कारोबार रकम भने २ अर्ब नाघ्यो

काठमाडौं, १२ भदौ। नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज १.६५ प्रतिशत घटेर १९८९.२७ बिन्दुमा बन्द भएको हो।

हिजो ०.८३ प्रतिशत घटेर २०२२.६३ बिन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज ३३.६३ अंकले घटेको हो।

६१ लाख भन्दा बढी कित्ता शेयर खरिदबिक्री भएको आज २ सय २५ स्टकको ४३ हजार ९ सय ७७ पटक कारोबार भएको छ भने कुल रकम २ अर्ब ०५ करोड ९७ लाख ३७ हजार १ सय ०३ रुपैयाँ ३५ पैसा बारबारको कारोबार भएको छ।

राधि विद्युत कम्पनी लिमिटेडको शेयरमूल्य सर्वाधिक ५.९० प्रतिशतले बढेको हो भने रु रु जलविद्युत परियोजना लिमिटेडको शेयर नकारात्मक सर्किट लेबलमा कारोबार भएको हो।

१.२८ प्रतिशतले घटेको अरुण काबेली पावर लिमिटेड, कारोबार रकमका आधारमा आज शीर्ष स्थानमा रहेको छ र १० करोड ३३ लाख ६१ हजार ९ सय ७४ रुपैयाँ ८० पैसा बारबरको शेयर खरिदबिक्री भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको