काठमाडौं, ११ भदौ। पछिल्लो २४ घण्टामा ३ सय ९६ जाना डिस्चार्ज र १ सय ७३ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा राष्ट्रिय सक्रिय कोभिड–१९ सङ्क्रमितको संख्या ३ हजार ६ सय १२ पुगेको छ।
स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा २ हजार ८ सय ३९ जानालाई परीक्षण गरिएको थियो जसमा ६ सय ४३ पीसीआर परीक्षणमा ६५ जाना र २ हजार १ सय ९६ एन्टिजेन परीक्षणमा १ सय ०८ जानामा गरि कुल १ सय ७३ जनामा कोरोना पोजेटिभ देखिएको हो।
कोभिड-१९ का कारण आज कसैले पनि ज्यान गुमाउनु परेको छैन। कोभिड-१९ बिरुद्धको खोप पछिल्लो २४ घण्टामा ४७ हजार १ सय ५२ जानाले लगाएका छन्।
स्वास्थ्य मन्त्रालयले दिएको हिजोको २४ घण्टाको तथ्याङ्क अनुसार २४ घण्टामा ३ हजार ५ सय १५ जानालाई परीक्षण गरिएको थियो जसमा १ हजार ६ सय ७३ पीसीआर परीक्षणमा १ सय ६३ जाना र १ हजार ८ सय ४२ एन्टिजेन परीक्षणमा १ सय ६१ जानामा गरि कुल ३ सय २४ जनामा कोरोना पोजेटिभ देखिएको थियो।