Wednesday, March 22, 2023
spot_img
Homeकाठमाडौँमहानगरको डोजर बनस्थलीमा पनि चल्यो

महानगरको डोजर बनस्थलीमा पनि चल्यो

काठमाडौं, ११ भदौ। काठमाडौं महानगरपालिकाले शनिबार पनि अनुमतिबिना निर्माण भएका घर तथा टहरा भत्काउने अभियानलाई निरन्तरता दिएको छ।

शनिबार महानगरपालिकाले वनस्थली चोकबाट ढुंगेधारा जाने बाटोमा रहेको अनाधिकृत घर तथा टहरा भत्काउन थालेको महानगरले जानकारी दिएको छ।

काठमाडौं महानगरीय प्रहरी प्रमुख राजु पाण्डेले सार्वजनिक जग्गामा रहेको अस्वीकृत घर आज बिहानबाट भत्काउने काम सुरु गरिएको जानकारी दिए।

महानगरीय प्रहरी र नेपाल प्रहरीसहितको टोलीले वनस्थली चोक पुगेर अन्य प्रयोजनका लागि नक्सा पास गरी व्यावसायिक गतिविधि हुने भवनका संरचना भत्काउन थालेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको