Monday, December 11, 2023
spot_img
Homeसमाचारकुशे औँसी/बुबाको मुख हेर्ने दिन र मोतीराम जन्मजयन्ती देशभर मनाइँदै

कुशे औँसी/बुबाको मुख हेर्ने दिन र मोतीराम जन्मजयन्ती देशभर मनाइँदै

काठमाडौं, ११ भदौ। वैदिक सनातन हिन्दु संस्कारमा कुश एउटा अत्यन्त महत्त्वपूर्ण सांस्कृतिक र धार्मिक महत्त्वको पवित्र वनस्पति हो। कुश वैदिक सनातन संस्कारको देव कर्म र पितृ कर्म दुवैमा अनिवार्य वनस्पति हो।

कुशको महिमालाई श्रीमद्भागवत गीता, गरुड पुराण, अथर्व वेद र विष्णु पुराणमा समेत वर्णन गरिएको छ।

आज देशभरका हिन्दू धर्मावलम्बीहरूले श्राद्ध र धार्मिक कार्यमा प्रयोग हुने पवित्र वनस्पति कुश आफ्नो घरमा भित्राउने गर्छन। पुजारीले पवित्र श्लोक वा मन्त्रले अभिषेक गरेर दिएको कुश घरमा भित्राउदा कल्याण हुने धार्मिक विश्वास छ। हिन्दू समुदायले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान विष्णुको प्रतीक मान्छन्।

गोकर्ण औँशीको दिन भनेर पनि चिनिने यस पर्व कुशे औँसीलाई बुबाको मुख हेर्ने औँसी पनि भनिन्छ। आजको दिन छोराछोरीहरूले बुबालाई मिठाई लगायतका स्वादिष्ट खाना खुवाएर श्रद्धा प्रकट गर्छन्, उनको मुख हेर्ने गर्छन।

भौतिक रूपमा अस्त भइसकेका पिताहरूलाई छोराछोरीहरूले तीर्थस्थलमा पुगेर स्थान गरी पितृहरूको नाममा श्राद्ध गरी तर्पण दिई सीधा दान गरी आध्यात्मिक चिन्तनबाट समेत सम्झना गर्ने गर्छन्। श्राद्ध गर्ने प्रमुख तीर्थस्थल काठमाडौंको गोकर्ण, रसुवाको बेत्रावती र धरानको विष्णुपादुका हुन्।

यसैगरी आजको दिन नेपाली साहित्यकार मोतीराम भट्टको जन्मजयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाइन्छ। विसं १९२३ मा कुशे औँशीमा जन्मिएका भट्टको विसं १९५३ सालको कुसे औँशीमा ३० वर्षको उमेरमा निधन भएको थियो। आफ्नो छोटो जीवनकालमा भट्टको नेपाली साहित्यमा महत्वपूर्ण योगदान रहेको पाइन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको