Monday, December 11, 2023
spot_img
Homeसमाचारराष्ट्रिय सक्रिय कोभिड–१९ सङ्क्रमितको संख्या घट्दै

राष्ट्रिय सक्रिय कोभिड–१९ सङ्क्रमितको संख्या घट्दै

काठमाडौं, १० भदौ। पछिल्लो २४ घण्टामा ४ सय १८ जाना डिस्चार्ज र ३ सय २४ जनामा ​​संक्रमण पुष्टि भएसँगै नेपालमा राष्ट्रिय सक्रिय कोभिड–१९ सङ्क्रमितको संख्या ३ हजार ९ सय ४३ पुगेको छ।

स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५ सय १५ जानालाई परीक्षण गरिएको थियो जसमा १ हजार ६ सय ७३ पीसीआर परीक्षणमा १ सय ६३ जाना र १ हजार ८ सय ४२ एन्टिजेन परीक्षणमा १ सय ६१ जानामा गरि कुल ​३ सय २४ जनामा ​​कोरोना पोजेटिभ देखिएको हो।

कोभिड–१९ का कारण आज १ जानाले ज्यान गुमाउनु परेको छ। कोरोना बिरुद्धको खोप पछिल्लो २४ घण्टामा १५ हजार ९ सय ४३ जानाले लगाएका छन्।

स्वास्थ्य मन्त्रालयले दिएको हिजोको २४ घण्टाको तथ्याङ्क अनुसार २४ घण्टामा ४ हजार ९ सय ५४ जानालाई परीक्षण गरिएको थियो जसमा १ हजार ९ सय ९६ पीसीआर परीक्षणमा २ सय ११ जाना र २ हजार ९ सय ५८ एन्टिजेन परीक्षणमा २ सय ३३ जानामा गरि कुल ​४ सय ४४ जनामा ​​कोरोना पोजेटिभ देखिएको देखिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको