काठमाडौं, ९ भदौ। पछिल्लो २४ घण्टामा ३ सय ७ जाना डिस्चार्ज र ४ सय ४४ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा राष्ट्रिय सक्रिय कोभिड–१९ सङ्क्रमितको संख्या ४ हजार १ सय ९९ पुगेको छ।
स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ५४ जानालाई परीक्षण गरिएको थियो जसमा १ हजार ९ सय ९६ पीसीआर परीक्षणमा २ सय ११ जाना र २ हजार ९ सय ५८ एन्टिजेन परीक्षणमा २ सय ३३ जानामा गरि कुल ४ सय ४४ जनामा कोरोना पोजेटिभ देखिएको हो।
कोभिड–१९ का कारण आज ३ जानाले ज्यान गुमाउनु परेको छ। कोरोना बिरुद्धको खोप पछिल्लो २४ घण्टामा ५ हजार ५ सय ९७ जानाले लगाएका छन्।
स्वास्थ्य मन्त्रालयले दिएको हिजोको २४ घण्टाको तथ्याङ्क अनुसार २४ घण्टामा ४ हजार १ सय ७७ जानालाई परीक्षण गरिएको थियो जसमा १ हजार ८ सय ०६ पीसीआर परीक्षणमा २ सय ४२ जाना र २ हजार ३ सय ७१ एन्टिजेन परीक्षणमा २ सय ४५ जानामा गरि कुल ४ सय ८७ जनामा कोरोना पोजेटिभ देखिएको थियो।