काठमाडौं, ५ भदौ। पछिल्लो २४ घण्टामा २ सय ८६ जनामा संक्रमण पुष्टि र ४ सय ७९ जाना डिस्चार्ज भएसँगै नेपालमा राष्ट्रिय सक्रिय कोभिड–१९ सङ्क्रमितको संख्या ४ हजार ३ सय ४८ पुगेको छ।
स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४ सय २३ जानालाई परीक्षण गरिएको थियो जसमा १ हजार ८ सय १६ पीसीआर परीक्षणमा २ सय ०२ जाना र १ हजार ६ सय ०७ एन्टिजेन परीक्षणमा ८४ जानामा गरि कुल २ सय ८६ जनामा कोरोना पोजेटिभ देखिएको हो।
कोभिड–१९ का कारण कसैले ज्यान गुमाउनु परेको छैन। कोरोना बिरुद्धको खोप पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ४३ जानाले लगाएका छन्।
स्वास्थ्य मन्त्रालयले दिएको हिजोको २४ घण्टाको तथ्याङ्क अनुसार २४ घण्टामा ४ हजार ३ सय ३७ जानालाई परीक्षण गरिएको थियो जसमा १ हजार ६ सय ७० पीसीआर परीक्षणमा १ सय ८० जाना र २ हजार ६ सय ६७ एन्टिजेन परीक्षणमा १ सय १९ जानामा गरि कुल २ सय ९९ जनामा कोरोना पोजेटिभ देखिएको थियो।