काठमाडौं, ४ भदौ। एसियाकै सबैभन्दा ठूलो रथयात्रा मध्य एक ‘श्रीकृष्ण जन्माष्टमी रथयात्रा’ आज विराटनगरमा श्रद्धा भक्तिपूर्वक मनाइँदैछ।
कोरोना महामारीका कारण दुई वर्षदेखि रोकिएको राधाकृष्ण रथयात्रा यस वर्ष धुमधामका साथ मनाइँएको हो। कोरोनाका कारण ५२ औं र ५३ औं संस्करण परम्परा धान्ने गरि मात्रै निकालिएको थियो।
राधाकृष्ण मन्दिर व्यवस्थापन समितिले कोरोना संक्रमण बढ्दै गएकाले यस वर्ष पनि रथयात्रा नहुने बताएको थियो।स्थानीयवासीले रथयात्रा आयोजना गर्ने भन्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएपछि समितिले रथयात्रा गर्ने निर्णय गरेको थियो।
पानी ट्याङ्कीबाट निकालिएको रथलाई बजारमा परिक्रमा गराइनेछ। मेनरोड हुदै रोडशेष, रोडशेषबाट कोशी राजमार्ग हुँदै बरगाछी र बरगाछी बटा पुनः राधाकृष्ण मन्दिर परिसरमा रथ ल्याएर बिसर्जन गरिने चलन रहेको छ।