काठमाडौं, ३१ साउन। पछिल्लो २४ घण्टामा ८ सय ४८ जनामा संक्रमण पुष्टि र ५ सय २६ जाना डिस्चार्ज भएसँगै नेपालमा राष्ट्रिय सक्रिय कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ५ हजार २ सय ५९ पुगेको छ।

स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ६ सय १९ जानालाई परीक्षण गरिएको थियो जसमा २ हजार ७ सय २२ पीसीआर परीक्षणमा ३ सय ९९ जाना र २ हजार ८ सय ९७ एन्टिजेन परीक्षणमा ४ सय ४९ जानामा गरि कुल ८ सय ४८ जनामा कोरोना पोजेटिभ देखिएको हो। कोभिड–१९ का कारण आज १ जानाले ज्यान गुमाउनु परेको हो र कोरोना बिरुद्धको खोप पछिल्लो २४ घण्टामा ९० हजार ४ सय ४७ जानाले लगाएका छन्।
स्वास्थ्य मन्त्रालयले दिएको हिजोको २४ घण्टाको तथ्याङ्क अनुसार २४ घण्टामा ५ हजार ७ सय ३७ जानालाई परीक्षण गरिएको थियो जसमा ३ हजार १ सय ५५ पीसीआर परीक्षणमा ४ सय २७ जाना र २ हजार ५ सय ८२ एन्टिजेन परीक्षणमा ४ सय २१ जानामा गरि कुल ८ सय ८८ जनामा कोरोना पोजेटिभ देखिएको थियो।