Monday, December 11, 2023
spot_img
Homeसमाचारदुई जानाको मृत्यु भएसंगै नेपालमा राष्ट्रिय सक्रिय कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ५ हजार...

दुई जानाको मृत्यु भएसंगै नेपालमा राष्ट्रिय सक्रिय कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ५ हजार ४ सय ३५ पुगेको छ।

काठमाडौं, २९ साउन। पछिल्लो २४ घण्टामा ४ सय ५५ जनामा ​​संक्रमण पुष्टि र ३ सय २ जाना डिस्चार्ज भएसँगै नेपालमा राष्ट्रिय सक्रिय कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ५ हजार ४ सय ३५ पुगेको छ।

स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ८ सय २९ जानालाई परीक्षण गरिएको थियो जसमा २ हजार ३ सय ८ पीसीआर परीक्षणमा ३ सय ५ जाना र २ हजार ५ सय २१ एन्टिजेन परीक्षणमा १ सय ५० जानामा गरि कुल ​४ सय ५५ जनामा ​​कोरोना पोजेटिभ देखिएको हो। कोभिड–१९ का कारण आज २ जानाले ज्यान गुमाउनु परेको हो र कोरोना बिरुद्धको खोप पछिल्लो २४ घण्टा १३ हजार ३ सय २८ जानाले लगाएका छन्।

स्वास्थ्य मन्त्रालयले दिएको हिजोको २४ घण्टाको तथ्याङ्क अनुसार २४ घण्टामा ३ हजार १ सय ६५ जानालाई परीक्षण गरिएको थियो जसमा १ हजार ३ सय ९९ पीसीआर परीक्षणमा १ सय ६२ जाना र १ हजार ७ सय ६६ एन्टिजेन परीक्षणमा १ सय १ जानामा गरि कुल ​२ सय ६३ जनामा ​​कोरोना पोजेटिभ देखिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको