काठमाडौं, २६ साउन। नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक हिजोको तुलनामा आज ०.९२ प्रतिशत घटेर २०३७.९३ बिन्दुमा बन्द भएको हो।
हिजो ०.२९ प्रतिशत घटेर २०५६.८९ बिन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज १८.९६ अंकले घटेको हो।
६२ लाख भन्दा बढी कित्ता शेयर खरिदबिक्री भएको आज २ सय २३ स्टकको ३६ हजार २ सय ६४ पटक कारोबार भएको छ भने कुल रकम १ अर्ब ७६ करोड १० लाख २३ हजार ३८ रुपैयाँ ८३ पैसा को कारोबार भएको छ।
हिमालयन हाइड्रोपावर लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो भने युनिलिभर नेपाल लिमिटेडको शेयर सर्वाधिक ८.२३ प्रतिशत घटेको हो।
१.८७ प्रतिशतले घटेको शिवम् सिमेन्ट्स लि, कारोबार रकमका आधारमा आज शीर्ष स्थानमा रहेको छ र ७ करोड २७ लाख ९४ हजार ७ सय ३७ रुपैयाँ बारबरको शेयर खरिदबिक्री भएको छ।