Monday, December 11, 2023
spot_img
Homeसमाचारकोरोना संक्रमण हिजो भन्दा आज ह्वात्तै बढ्यो

कोरोना संक्रमण हिजो भन्दा आज ह्वात्तै बढ्यो

काठमाडौं, २३ साउन। पछिल्लो २४ घण्टामा ४ सय ७० जनाको डिस्चार्ज र ९ सय ३४ जनामा ​​संक्रमण पुष्टि भएसँगै नेपालमा राष्ट्रिय सक्रिय कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ५ हजार ६ सय ८६ पुगेको छ।

स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ३ सय ५१ जानालाई परीक्षण गरिएको थियो जसमा २ हजार ८ सय ६२ पीसीआर परीक्षणमा ४ सय ९८ जाना र २ हजार ४ सय ८९ एन्टिजेन परीक्षणमा ४ सय ३६ जानामा गरि कुल ​९ सय ३४ जनामा ​​कोरोना पोजेटिभ देखिएको हो। कोभिड–१९ का कारण आज एक जानले ज्यान गुमाउनु परेको हो र कोरोना बिरुद्धको खोप पछिल्लो २४ घण्टा ३२ हजार ५ सय ३४ जानले लगाएका छन्।

स्वास्थ्य मन्त्रालयले दिएको हिजोको २४ घण्टाको तथ्याङ्क अनुसार २४ घण्टामा ३ हजार ७ सय ८९ जानालाई परीक्षण गरिएको थियो जसमा २ हजार ४० पीसीआर परीक्षणमा ४ सय ५१ जाना र १ हजार ७ सय ४९ एन्टिजेन परीक्षणमा १ सय २ जानामा गरि कुल ​​५ सय ५३ जनामा ​​कोरोना पोजेटिभ देखिएको थियो।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको